कोरोना संक्रमित ऐश्वर्यको श्वासप्रश्वासमा समस्या, अस्पताल भर्ना

0
Shares

एजेन्सी ।

कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्य रायको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् ।

ऐश्वर्यलाई पनि ससुरा अमिताभ बच्चन भर्ना भएको नानावीत अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमिताभलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यको कोरोना परीक्षण गराइएको थियो । जसमा अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्च, पत्नी जया बच्च, बुहारी तथा अभिनेत्री ऐश्वर्य राय बच्चन र नातिनी आराध्या बच्चनमा कोरोना पुुष्टि भएको थियो ।