नागढुंगा मुग्लिङ र कमला-पथलैया सडक सुर्धान विश्व बैंकले दियो ५४ अर्ब ऋण

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर ९५४ अर्ब रुपैयाँ ऋण सहायता प्रदान गरेको छ ।

भारत लगायत छिमेकी राष्ट्रसँग सडक सम्पर्क संजाल बिस्तार गर्न र व्यापार अभिवृद्धि गर्न सो रकम प्रदान गरिएको हो । विश्व बैंकले रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाका लागि यो सहायता प्रदान गरेको हो । यससम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भयो ।

विश्व बैंकका अनुसार यो सहयोगको परिचालनबाट कोभिड– १९ पछि आर्थिक गतिविधिलाई बढावा दिनसमेत उल्लेख्य सहयोग पुग्ने भएको छ ।विश्व बैंकका अनुसार यो रकम नागढुंगा–नौबिसे–मुग्लिङ सडकखण्ड सुधार गर्न प्रयोग गरिने भएको छ । उता, कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउन समेत यो रकमको उपयोग गरिने भएको छ ।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस सम्झौतामा हस्ताक्षर गर्नुभयो ।