अब घर घरमै गाईजात्रा



कोरोना भाईरसबाट हुने कोभिड–१९ को त्रास र पीडासँग जुधिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्देश्यले यो महामारीका बीच पनि गाईजात्रा विशेष कार्यक्रम हुने भएको छ।

आगामी साउन २० गतेको गाईजात्रा पर्वलाई लक्षित गरी हास्य व्यग्यकार मनोज गजुरेलको अगुवाईमा साउन १५ गतेदेखि गाईजात्रा विशेष कार्यक्रम भएको हो। उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको यो कार्यक्रम यस वर्ष मञ्चमा भने हुने छैन। कार्यक्रम विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रसारण हुनेछ। जसका कारण दर्शकले कोरोनाको जोखिम मोल्दै बाहिर निक्सनु पर्ने छैन। घर घरमै बसेर गाईजात्रे कार्यक्रममा मज्जा लिन सक्नेछन्।

कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी गराए। विश्व नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अवस्थामा आम मानिसमा देखिएको मनोसामाजिक असर न्यूनीकरणमा मद्धत पुर्याउने मनोबैज्ञानिक थेरापीको रुपमा यो कार्यक्रम प्रत्येक नेपालीको घरघरसम्मै पुग्ने गरी अनलाईन माध्यम रोजिएको गजुरेलको भनाई छ।

कार्यक्रमको सम्पूर्ण सुटिङ सकिएको छ भने आगामी साउन १५ गतेबाट एक सातासम्म प्रसारणमा जानेछ। कलाकार मनोज गजुरेलका बिभिन्न प्रश्तुतिमध्य विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको नक्कलकोे टिजर यसअघि नै सार्वजनिक भई सकेको छ। मनोज गजुरेल भन्छन् ‘यो बेला जोसँग जे विज्ञता छ, उसले त्यही धर्म निर्वाह गर्ने हो ।

यसमा हामीले महामारीबाट अन्योलग्रस्त र त्रसित मनहरुलाई हौसला र उत्पेरित गर्ने प्रयास गरेका हौं।’ अर्का प्रस्तोता लोकप्रिय कवि शैलेन्द्र सिंखडा बुझाई छ– ‘दुःखबाट बाहिर निस्कन प्रेरित गर्ने सांस्कृतिक पर्व हो गाईजात्रा। ईम्युन पावर बढाउन हांस्यको महत्व सबैलाई थाहा छ। हामी यही कलाकारको धर्म निर्वाह गरि रहेका छौं ।’

कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ ।

त्यसैगरी यो बर्षको गाईजात्रा विशेष कार्यक्रममा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्कीलगायतका प्रस्तुति पनि हेर्न सकिनेछ। साथमा, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, शन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माले पनि प्रस्तुति दिनेछन्।

प्रतिक्रिया दिनुहोस्