चीनको अर्थतन्त्रले सकारात्मक गति लियो

0
Shares

बेइजिंग,(एजेन्सी)

वर्षौंपछि किर्तिमान नै तोडेर आर्थिक मन्दिको चपेटामा पुगेको चीनले दोश्रो त्रैमासुक भित्र ३ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको छ । विश्वकै दाश्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनको अर्थतन्त्र कोराना भाइरसको कारण लगाइएको लकडाउनको कारण पहिलो तीन महिनामा अर्थतन्त्र ध्वस्त नै भएको थियो ।

तर बुधवार सार्वजनिक गरिएको अर्थ सम्बनधी सरकारी तथ्यांकमा अप्रिल देखि जुनसम्ममा चीन कूल गाहस्र्थ उत्पादन ( जिडिपि ) पुरानै स्थितीमा वृद्धि हुन थालेको जनाइएको छ । चीनले आफ्नो व्यापार व्यवशाय पुन शुरु गरेदेखि नै अन्र्राष्ट्रिय जगतको ध्यान चीनको जिडिपिमा केन्दि«त रहँदै आएको छ ।

अर्थ विशेषज्ञहरुले भविष्यवाणी गरेभन्दा चीनको आर्थिक उपलब्धि निकै उत्साहजनाक रहेको पाइएको छ । यसवर्षका पहिलो त्रैमासिकमा सिधै ६ दशमलव ८ प्रतिशत आर्थिक मन्दि भइसकेको थियो । सन् १९९० यता पहिलो पटक चीनले कूल गाहस्र्थ उत्पादनका लागि लक्ष निर्धारण गरेको छैन ।

चीनकै हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको समस्याबाट अहिले सम्पूर्ण विशव आक्रान्त रहेको छ । फलस्वरुप विश्वभरिकै अर्थतन्त्र डाँवाडोल हुन पुगेको छ ।