भारतमा काेराेना अहिलेसम्मकै उच्च भेटिए

0
Shares

भारत ।

विश्वकै सबैभन्दा बढी काेराेना संक्रमित हुनेमा तेस्रो मुलुक भारतमा पछिल्लाे २४ घण्टामा ३५ हजारभन्दा बढी मानिस संक्रमित भेटिएका छन्। याेसँगै काेराेना संक्रमितको संख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा ६ सय ८० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै शुक्रबार बिहानसम्म कूल २५ हजार ६ सय ९ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

संक्रमितमध्ये ६ लाख ३६ हजार ५ सय ६९ जना निकाे भएका छन्। ३ लाख ४२ हजार ७९ जनाको उपचार भइरहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।