विश्वभर कोरोनाबाट पाँच लाख ९१ हजार ८३७ जनाले ज्यान गुमाए

0
Shares

काठमाडौं।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ३९ लाख २४ हजार ६३२ पुगेको छ भने हालसम्म पाँच लाख ९१ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकामा हालसम्म ३६ लाख ८३ हजार ५२५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४१ हजार १८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित २० लाख १४ हजार ७३८ जना पुगेका छन्, जसमध्ये ७६ हजार ८२२ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १० लाख पाँच हजार ६३७ पुगेको छ। भारतका संक्रमितमध्ये २५ हजार ६०९ जनाको मृत्यु भइसकेको छ।

रूसमा सात लाख ५२ हजार ७९७ जना कोरोना संक्रमित रहेकोमा ११ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये ८२ लाख ६५ हजार ५६९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन् । ५० लाख ६७ हजार २२६ जना कोरोना संक्रमित हाल उपचाररत रहेकाे ल्डोमिटर्सको तथ्यांकले जनाएकाे छ ।