इरानी बन्दरगाहमा कयौं पानी जहाजमा आगलागी

0
Shares

तेहरान (एजेन्सी)

इरानको दक्षिणमा पर्ने बुशेहर बन्दरगाह जहाज विश्रामस्थलमा कम्तिमा सात वटा पानी जहाजमा आगो लागेको इरानको सरकारी सन्चार माध्यमले जनाएको छ । आगलागी माथि नियन्त्रण लिइसकेको र त्यसबाट कसैलाई नोक्सान नपुगेको स्थानिय विपत्ती प्रबन्धन निकायका प्रमुखले इर्ना समाचार एजेन्सीलाई बताएको छ ।

अहिलेसम्म आगलागीका कारण थाहा हुन सकेको छैन तर यसलाई हालैका हप्तामा इरानमा भइरहेका रहस्यमय घटनाहरुसँग जोडेर हेरिएको छ । यी रहस्यमय घटनाका क्रममा क्षेप्यास्त्र केन्द्र, उर्जा केन्द्र, मेडिकल क्लिनिक र परमाणु केन्द्रमा आगलागी भएको थियो । यी घटनापछि इरानमा केही नष्ट गर्ने काम भइरहेको आशंका गरिएको थियो ।

सोमबार उत्तर पुर्वी सहर मशहद नजिकै औद्यागिक केन्द्रमा आगो लागेको थियो । अधिकारीहरुका अनुसार ६ वटा ग्यास ट्यांकमा आगो लागेको, जसले गर्दा विस्फोट भएको थियो ।

त्यसको एक दिन पहिला दक्षिण पश्चिमी मुहसहर सहरमा एक पेट्रोकेमिकल केन्द्रमा आगो लागेको थियो । उक्त घटनालाई लिएर तेल चुहावतले भएको बताइएको थियो ।
यसअघि शनिबार राजधानी तेहरानको दमकल विभागले एक भवनको बेसमेन्टमा कयौं ग्यास सिलिन्डरमा विस्फोट भएको जानकारी दिएको थियो ।

इरानी अधिकारीहरुले जुलाइ २ मा नन्ताजको युरेनियम प्रशोधन केन्द्र र खोजिर क्षेप्यास्त्र उत्पादन केन्दमा जुन २६ मा भएका विस्फोटको जाँच गरिरहेका छन् । ती घटनामा विदेशी वा स्वदेशी विपक्षी समुह जिम्मेवार हुन सक्ने अनुमान गरिएको छ ।