मोडर्नाको कोरोना खोपको पहिलो परीक्षण सफल, ट्रम्प खुसी

0
Shares

लस एन्जल्स (एजेन्सी)

अमेरिकी कम्पनी मोडर्नाले कोरोना भाइरस खोपको पहिलो परीक्षण पुर्न सफल रहेको जानकारी दिएको छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको अध्ययनमा ४५ स्वस्थ ब्यक्तिमा गरिएको यस परिक्षणको परिणाम अत्यन्त राम्रो भएको उल्लेख गरिएको छ ।

ती खोप लगाइएका प्रत्यक ब्यक्ती भित्र कोरोनासँग लड्ने रोग प्रतिरोधात्मक क्षमता एन्टिबढी विकसित भएको छ । परिक्षणमा १८ देखि ५५ बर्ष बीचका ४५ स्वस्थ ब्यक्तीलाई समावेश गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोडर्ना इन्कको खोप एमआरएनए १२७३ को पहिलो चरणको परीक्षण सफल भएकोमा ट्विट मार्फत खुसी ब्यक्त गरेको छ । ट्विटमा उनले भने ( खोपलाई लिएर धेरै राम्रो खबर हो ।

ख्याती प्राप्त औषधी निर्माता कम्पनी मोडर्ना अब कोरोना भाइरस खोपको अन्तिम चरणको परीक्षणको तयारीमा जुटेको छ । जुलाइ २७ सम्ममा यस परीक्षणको शूरु गर्न सकिने कम्पनीले जनाएको छ ।

खोप परीक्षण रोक्नै पर्ने गरि यसको विशेष कुनै खराब साइड इफेक्ट्स नभएको बताइएको छ । परीक्षणका क्रममा खोपको तीन डोज दिएपछि करिब आधालाई सामान्य थकाई, शरिर र टाउको दुखेको थियो । करिब ४० प्रतिशतले खोप दिएपछि हल्का ज्वरो महसुस गरिएको थियो ।

कोरोना महामारी विरुद्धको खोप विकासमा रुस र चीनमा पनि खोपको सफल परिक्षण भइरहेका छन् । विश्वका अन्य कयौं मुलक र संस्थाहरु यस महामारी रोक्न खोप तथा औषधी विकासमा जुटिरहेका छन् ।