तिलोत्तमा सहकारीद्वारा ६० करोडको बजेट सार्वजनिक


यमलाल भुसाल,बुटवल ।

तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनग (टिएमसि) को बार्षीक बजेट तर्जुमा बैठक सम्पन्न भएको छ । बैठकले आर्थिक बर्ष २०७७/०७८ कालागि रु ६० करोडको अनुमानीत बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बिस्तारीत बैठकले चालु बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्ययको लक्ष्य पनि तयार गरेको छ ।

अघि संचालित कामहरुलाइ निरन्तरता दिदै संस्थाको दिगो बिकास र शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक क्षमता अभिबृद्धिकालागि महत्वपुर्ण कार्यक्रमहरु गर्ने निर्णय बैठकले गरेको छ । सबल र स्तरीय सहकारीको रुपमा टिएमसिलाइ स्थापित गराउन स्तरीकरण कार्यक्रम अन्तर्गत सिएआरइ ब्राण्डकालागि राष्ट्रिय सहकारी बैंक संग सम्झौता गरेको र सोही अनुरुप संस्थालाइ अगाडी बढाउने अध्यक्ष देवकोटाले बताउनु भयो ।

यो बर्ष शेयर सदस्य संख्या बढाएर ५ हजार पुरयाउने निर्णय बैठकले गरेको सचिव पार्वती थापाले बताउनु भयो । हाल सहकारीमा ३ हजार शेयर सदस्य छन । ५ करोड १५ लाख शेयर पुँजी रहेको शहकारीको ३८ करोड निक्षेप संकलन छ । सहकारीको तरलता २५ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पाराजुलीले जानकारी दिनुभयो ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक बर्षमा बृक्षा रोपण, शंकरनगर स्थित विपि बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिवीर, रक्तदान लगायतका कार्यक्रम गरेको छ । कोरोना नियन्त्रणमा सहयोग पुरयाउने उद्येस्यले सहकारीले तिलोत्तमा नगरपालिकाकालाइ ५१ हजार र प्रदेश सरकारको कोभिड कोषमा ५ हजार आर्थिक सहयोग गरेको छ ।

महिला सशक्तिकरण अन्तर्गत सिष्टर्स सोसाइटि क्लब गठन गरी सीपमुलक तालिमसगै सहकारी शिक्षा सम्बन्धि तालिमहरु संचालन गर्दै आएको र ती कार्यक्रमलाइ निरन्तरता दिइने देवकोटाले बताउनु भयो ।महिला सदस्यहरुकालागि रु २ हजार सुत्केरी पोषण खर्चको व्यवस्था गरेको गरीएको छ ।

बृद्धबृद्धाहरुकालागि ६० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था गरीएको छ ।

सबै शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गर्नुका साथै इच्छुक ५ सय सदस्यको रु एक लाख बराबरको कोरोना बिमा समेत गरीएको छ । १० हजार बराबरको सहकारी पत्रकारीता पुरस्कार पनि स्थापना गरीएको छ ।