चीन र अमेरिकाबीच ‘साउथ चाइना सी’ विवाद


वासिंगटन, (एजेन्सी)

‘साउथ चाइना सी’ को विभिन्न भागका प्राकृतिक सम्पदाका सिकार गर्ने चीनको नीति पूर्णतः गलत भएको अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले बताएका छन्। चीनले भने यस विषयमा संयुक्त राज्य अमेरिकाले जानीजानी सत्यतथ्य र अन्तर्राष्ट्रिय कानुन बंग्याएको आरोप लगाएको छ।

ब्ुर्नाइ, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि आफ्नो स्वामित्व दाबी गरिरहेका क्षेत्रका कृत्रिम टापुहरूमा चीनले हाल सैनिक अखडा निर्माण गरिरहेको छ। ती मुलुकहरूले साउथ चाइना सीको भूमि स्वामित्व दाबी गर्दै वकालत गरेको धेरै भइसक्यो ।

तर, पछिल्ला केही वर्ष यता यो विवाद झन् चर्किंदै गइरहेको देखिन्छ। बेइजिङले ‘नाइन–ड्यास लाइन’ को नामले चिनिने क्षेत्र दाबी गर्दै टापु निर्माण, गस्ती र सैनिक उपस्थिति विस्तारजस्ता काम गर्दै आएको छ। मानव वस्ती नरहेका ती क्षेत्रमा प्रचुर मात्रामा प्राकृतिक स्रोत पाइन्छन्।

साथै, उक्त क्षेत्र जहाजमार्ग र तथा माछा मार्ने प्रमुख थलोको रूपमा पनि चिनिन्छ । वार्षिक प्रतिरक्षा अभ्यासको रूपमा यस जलीय क्षेत्रमा चीन र जापानको नौसैनिक गतिविधि बढ्नु अन्तर्राष्ट्रिय चिन्ताको विषय बन्दै आएको छ। पोम्पियोले अब विश्वले चीनलाई ‘साउथ चाइना सी’ को सम्राट बनिरहन नदिने बताएका छन्।