इरानमा जासुसीको आरोपमा पूर्वकर्मचारीलाई फाँसी


तेहरान, (एजेन्सी
इरानले रक्षा मन्त्रालयका एकजना पूर्वकर्मचारीले अमेरिकालाई देशको गोप्य तथा महत्वपूर्ण सूचना बेचेको अभियोगमा मृत्युदण्ड दिएको मंगलबार जनाएको छ। न्यायालयका प्रवक्ता गोलामहोसेन इस्माइलीले रेजा अस्गारीलाई गत साता मृत्युदण्ड दिइएको पत्रकारहरूसमक्ष पुष्टि गरेका छन् ।

सन् २०१६ मा रक्षा मन्त्रालयको वायु तथा अन्तरिक्ष विभागबाट अवकाश प्राप्त गरेपछि अस्गारीले अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सिआइए) लाई इरानको क्षेप्यास्त्र कार्यक्रमबारे विस्तृत सूचना बिक्री गरेको बताइएको छ। तर, इस्माइलीले उनलाई कहिले पक्राउ गरी मुद्दा चलाइएको भन्नेबारे केही उल्लेख गरेको छैन ।

जासुसीकै अभियोग लगाइएका अर्का व्यक्ति महमुद मौसाभी माज्दकोबारे सोधिएको प्रश्नको जवाफमा इस्माइलीले अस्गारीको प्रसंग पनि सार्वजनिक गरेको पत्रकारहरूले बताएका छन्। अस्गारीलार्ई सिआइए र इजरायलको मोस्साद गुप्तचर निकायलाई सिरियामा इरानी फौजको गतिविधिबारे सूचना दिएको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। अमेरिकी अधिकारीहरूले अस्गारीको मृत्युदण्डबारे अझैसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

गत जुलाईमा इरानको गुप्तचर मन्त्रालयले सिआइएका लागि मुलुकको आणविक तथा सैनिक क्षेत्रका महत्वपूर्ण सूचना संकलन गर्दै अँएको अभियोगमा १७ जना व्यक्तिलाई गिरप्mतार गरिएको दाबी गरेको थियो । तिनीहरूलाई पनि मृत्युदण्ड दिइएको बताए पनि तिनीहरूको परिचय भने खुलाइएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो दाबी पूर्णतः झुठो भएको बताएका थिए । यसैगरी, गत महिना पनि जासुसी गरेकै आरोपमा इरानकको रक्षा मन्त्रालयले जलाल हाजिजावर नामक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो। उनले आफ्नो अपराध कबुल गरेका थिए।