५ लाख घूससहित मेयरका छोरा पक्राउ


लहान, (नेस)

पाँच लाख घूससहित कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लहान नगरपालिका–२२ राजदेवी चौक नजिक रहेको एक पेट्रोलपम्पमा घूस रकम लेनदेन गरिरहेकै बेला मेयरका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक मधुकुमार थापाको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा मण्डल र महतोलाई गिरफ्तार गरेको हो ।

कल्याणपुरका मेयर मण्डलले डीपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग ५ लाख घूस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोलीले दाबी गरेको छ ।