इरानमा जासुसीको आरोपमा पूर्व कर्मचारीलाई फाँसी

0
Shares

तेहरान । इरानले रक्षा मन्त्रालयका एकजना पूर्व कर्मचारीलाई अमेरिकालाई देशको गोप्य तथा महत्वपूर्ण सूचना बेचेको अभियोगमा मृत्युदण्ड दिएको मंगलवार जनाएको छ । न्यायालयका प्रवक्ता गोलामहोसेन इस्माइलीले रेजा अस्गारीलाई गत साता मृत्युदण्ड दिइएको पत्रकार समक्ष पुष्टि गरेका छन् ।
सन् २०१६ मा रक्षा मन्त्रालयको वायु तथा अन्तरिक्ष विभागबाट अवकास प्राप्त गरेपछि अस्गारीले अमेरिकाको केन्दि«य गुप्तचर निकाय ( सिआइए ) लाई इरानको क्षेप्यास्त्र कार्यक्रमबारे विस्तृत सूचना बिक्रिी गरेको बताइएको छ । तर इस्माइलीले उनलाई कहिले पक्राउ गरी मुद्धा चलाइएको भन्नेबारे केही उल्लेख गरेको छैन ।
जासुसीकै अभियोग लगाइएका अर्का व्यक्ति महमुद मौसाभी – माज्दकोबारे सोधिएको प्रश्नको जवाफमा इस्माइलीले अस्गारीको प्रसंग पनि सार्वजनिक गरेको पत्रकारहरुले बताएका छन् । अस्गारीलार्ई सिआइए र इजरायलको मोस्साद गुप्तचर निकायलाई सिरियामा इरानी फौजको गतिविधिबारे सूचना दिएको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो । अमेरिकी अधिकारीहरुले अस्गारीको मृत्युदण्डबारे अझै सम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
गत जुलाईमा इरानको गुप्तचर मन्त्रालयले सिआइएका लागि मुलुकको आणविक तथा सैनिक क्षेत्रका अहम सूचना संकलन गदै अँएको अभियोगमा सत्रजना व्यक्तिलाई गिरफतार गरिएको दावी गरेको थियो । तिनीहरुलाई पनि मृत्युदण्ड दिइएको बताए पनि तिनीहरुको परिचय भने खुलाइएको थिएन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो दावी पूर्णत झुठो भएको बताएका थिए । यसैगरी गत महिना पनि जासुसी गरेकै आरोपमा इरानकको रक्षा मन्त्रालयलेजलाल हाजीजावर नामक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो । उनले आफ्नो अपराध कवुल गरेका थिए ।