तीन दिनदेखि पाल्पा-बुटवल सडक अवरुद्ध


न्युज अफ नेपाल, पाल्पा ।

सिद्धार्थ राजमार्गको वुटवल तानसेन खण्डमा पहिरो जाँदा सिद्दार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड तीन दिन देखि बन्द भएको छ ।

पहिरोसँगै ठूलाठूला ढुङ्खा खसेको र खुलाउने प्रयास निरन्तर भए पनि सोमबार बेलुका साढे ५ बजेबाट अबरुद्ध सिद्धार्थ राजमार्ग अझै संचालनमा आउन नसकेको हो । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको दोभान, गौडे लगायतका ठाँउमा पहिरो जाँदा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका-३ दोभान बजार नजिकै ठूलो ढुङ्खा खसेको र बुटवल, पाल्पा दुबै तर्फबाट ब्रेकर प्रयोग गरि सडक खुलाउने प्रयास भैरहेको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो ।

मंगलवार विहान देखि नै वाटो खुलाउने प्रयास भए पनि दिनभरको प्रयासले संभव नभएको बुधबार बिहानै देखि पहिरो हटाउने काम भए पनि अहिलेसम्म बाटो खुल्न सकेको छैन । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार वाटो खुलाउने प्रयास जारी रहदा मंगलवार विहान मोडकटान गरेको क्षेत्र नजिकै नै पहिरो गएकोले समस्या भएको हो ।

पहिरो हटाउनको लागि निरन्तर डोजर, स्काभेटर सहित चारवटा साधनले काम गरिरहेको छ । पहिरोमा ठुला ठुला ढुङ्गा छन फुटाल्ने प्रयास निरन्तर जारी रहेको छ –‘उहाँले भन्नु भयो –‘ ढुङ्गा फुटाउन सकेमा बुधबार दिउँसो वा साँझसम्म बाटो खुल्न सक्ने संभावना छ । ’

सडक अवरुद्ध भएपछि वुटवलबाट पाल्पा तर्फ आउने र यताबाट वुटवल जाने यात्रीले सास्ती भोग्नु परेको छ ।