पहिरो जादा पूर्व पश्चिम राजमार्ग अवरुद्ध


घनश्याम बगाले, नवलपरासी । 

पूर्वी नवलपरासीको दाउन्ने पहाड स्थित विश्वकर्मा मन्दिर नजिक पहिरो जादा सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले पूर्व पश्चिम राजमार्गको यातायात ठप्प भएको हो ।

ठूला रुख सहित खसेको पहिरोमा परि दुई ओटा सवारी साधनहरु पनि च्यापिएको प्रहरीले जनाएको छ । जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मोहन बहादुर खांणका अनुसार पहिरोमा पूर्व आउदै गरेको कार र पश्चिम जादै गरेको ट्रक च्यापिएका हुन् ।

सडक माथिबाट पहिरो सहि झरेको रुखले च्यापेर बा १४ च ७०२० नम्वरको कार र ना ६ ख १५५९ नम्वरको ट्रकमा क्षति भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई रहेको छ ।

मंगलबार विहान करिव ५ बजे खसेको पहिरो हटाउने प्रयास भई रहेको प्रनाउ खांणले जानकारी दिनु भयो ।