आफूबारे फैलाइएकोे अफवाहमा कुनै सत्यता नभएको पूर्णिकाको भनाइ (भिडियोसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

केही दिन अघि विभिन्न सञ्चारमाध्यममा पूर्व युवराज्ञी हिमानी शाहकी छोरी पूर्णिका शाहको बारेमा भ्रामक समाचार छापिएपपछि पूर्णिकाले सो कुराको खण्डन गरेकी छन् ।

पूर्णिकाको आफू भन्दा जेठा प्रेमी भएको भन्दै अफवाह फैलिएको थियो । विभिन्न सञ्चारमाध्यममा यस्तो अफवाह फैलिएपछि पूर्णिकाले एक भिडियोमार्फत सो कुरामा कुनै सत्यता नभएका कारण विश्वास नगर्न आग्रह गरेकी छन् ।