देशभर बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त


न्युज अफ नेपाल, काठमाडौं ।

देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको क्षतिपूति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्नु भएको छ ।

यस वर्ष परेको भारी वर्षातका कारण देशको हिमाली पहाडी र तराईका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, घरवारविहीन भएको देख्दा आफू अत्यन्त दुखित भएको पूर्व राजा ज्ञानेन्द्रले वक्तव्यमार्फत बताउनु भएको छ । यस्तो परिस्थितीमा सबैबाट राहत, उद्दार र उपचार होस् भन्दै वक्तव्यमा विनासको बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रहसमेत गर्नु भएको छ।

यस्तै, नेपालजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने गरेकाले यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने उहाँले बताउनुभएको छ ।

यस्तै, बाढीपहिरोका कारण मृत्यु भएका सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेलाई शिध्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।