प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बच्चन परिवारलाई स्वास्थ्यलाभको कामना


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उहाँका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गर्नुभएको हो । बच्चन परिवारलाई कोरोना भाइरसको सङ्क्रमण भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।