नेपाल भाषाको नाटक महोत्सव

टेलिभिजन प्रसारण मार्फत


न्युज अफ नेपाल, कीर्तिपुर ।

नेपालभाषा एकेदेमिद्वारा नेपाल मै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकांकी नाटक प्रदर्शन गरेको छ ।

कोरोना संक्रमणको बेला भीडभाड गर्न नहुने अवस्थालाई मध्यनजर गर्दै टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत नाटक प्रदर्शन गरिएको हो ।वागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना गरिएको सो नाटक महोत्सव शनिबार एक समारोहकाबीच समापन गरियो ।

सो महोत्सव असार १६ गते शुरु गरिएको थियो । महोत्सवमा ८ वटा नाटक देखाइएको थियो । त्यसमा मीना बज्राचार्यको लिथु ( निर्देशक पवन जोशी), रामकृष्ण धिनाको थ्वपू कर्म (निर्देशक राजेश शाक्य), शशीकला मानन्धरको चन्द्रहार (निर्देशक आर्यम नकःमि), राजेन्द्रकुमार पुताको थौंकन्हे (निर्देशक रवि महर्जनं), नेपालभाषाका लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मी (निर्देशक रामकृष्ण खडगी), नाटक देखाइएको थियो । सो महोत्सवमा लेखक , निर्देशक सुरेन्द्र तुलाधरको डा कान्छाभाई , लेखक , निर्देशक कृष्ण प्रजापति को बुंख्याचा , लेखक , निर्देशक राजु श्रेष्ठ को तरकारी बन्जा पनि मञ्चन गरिएको थियो ।

एकेदेमिका प्राज्ञ एवं नाटक प्रदर्शन आयोजन समितिका संयोजक बीरप्रसाद भन्सारीको सभापतित्वमा समारोहमा प्रा. डा. चन्द्रमान वज्राचार्य र वरिष्ठ चलचित्र पत्रकार एवं नेपालभाषा एकेडेमीका प्राज्ञ विजयरत्न असंबरेले प्रदर्शित नाटकहरूको समीक्षा गर्नुभयो । सो अवसरमा नेपाल भाषाको संरक्षण र साहित्यको विकासमा नाटक प्रदर्शन समितिका सदस्य एवं वरिष्ठ चलचित्र निर्देशक पवन जोशी पवित्र कसाः लगायले बोल्नुभएको थियो ।