अस्पतालबाटै अभिनेता बच्चनले गरे यस्तो आग्रह

0
Shares

एजेन्सी ।

कोरोना संक्रमण पुष्टि भएपछि मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका बलिउडका बिग बस अमिताभ बच्चनले एक तस्वीर साझा गरेका छन् । तस्वीरसँगै उनले केही दिन यता आफूसँग भेटघाट भएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

‘आज बेलुका मलाई कोविड १९ को संक्रमण देखिएका कारण म अस्पतालमा छु । परिवार र स्टाफको नतिजा पर्खाइमा छ ‘ उनले भने, ‘अन्तिम १० दिनमा मलाई भेट्नु भएका सबैले आफ्नो जाँच गर्नुहोस्।’