हत्या आरोपमा पति र नन्द पक्राउ


संखुवासभा, (नेस)

संखुवासभाको धर्मदेवी–९ मा आफ्नै श्रीमतीको हत्या आरोपमा पति र उनकै नन्दलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धर्मदेवी नगरपालिका–९ स्थित मुलगाउँकी ५० वर्षीय मनमाया जिमीको घरनजिकै जंगलमा बीभत्स हत्या भएको थियो ।

घरबाट बुधबार दिउँसो घरनजिकै जंगलमा घाँस काट्न हिँडेकी जिमी घर नफर्किएपछि स्थानीयले खोजतलासका क्रममा बिहीबार बिहान उनलाई धारीलो हतियारले काटी हत्या गरेर फालिएको अवस्थामा भेटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महिलालाई पटक–पटक धारिलो हतियारले प्रहार गरिएको देखिएको छ । उनको टाउको खुट्टा, अनुहार, घाँटीलगायतमा दर्जन बढी ठाउँ धारिलो हतियारको चोटका कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।

मृतक जिमीको हत्याको आरोपमा उनकै पति रुद्रबहादुर जिमी र उनकी बहिनी कुमारी जिमीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइभइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो ।