बलिउडका चर्चित तीन खानमाथि सम्पत्ति शूद्धिकरणको माग

0
Shares

एजेन्सी ।

बलिउडका चर्चित तीन खानमाथि सम्पत्ति शूद्धिकरणको माग गरिएको छ । अभिनेता आमीरर खान, साहरुख खान र सलमान खानविरुद्ध भाजपाका राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सम्पत्ति शूद्धिकरणको माग राखेका हुन् ।

तीन अभिनेताको भारत र दुबईलगाएत अन्य देशमा रहेको सम्पत्ति छाननिबिन गर्न स्वामी माग राखेका छन् । स्वामीका अनुसार उनीहरूले ठूला ठूला बंगला र सम्पत्ती कसरी किने भन्ने स्रोत खुलाउन माग गरेका छन् । यस्तै, उपहार आएका बंगलाहरु समेत कोबाट आए भन्ने खुलाउनु पर्ने हुनाले कार्टेलिसेसनको ईडी, आईटी र सीबीआईको एसआईटीले अनुसन्धान गर्न आवश्यक रहेको स्वामीले बताए । उनले तीन खान के कानुन भन्दा माथि छन् भन्ने प्रश्न समेत उठाएका छन् ।

यस्तै, ट्वीटरमा स्वामीकोे समर्थनमा विभिन्न मानिसहरुले तीन खानको सम्पत्ति शूद्धिकरण अुनुपर्ने जनाएका छन् । अन्डरवल्र्ड डन दाउद इब्राहिमको बलिउडमा राम्रो सम्बन्ध रहेको जनाउँदै यस विषयलाई गम्भीरतापूर्वक लिइ छानबिनको माग राखिएको छ ।