भारतीय गोर्खा सैनिक गुरुङको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यू

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय गोर्खा सैनिकमा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको छ । ३/३ जिआरमा कार्यरत गोर्खाका गुरुङको पाकिस्तानी सेनाको आक्रमणबाट नौसेरा रजौरी सेक्टरमा मृत्यु भएको इन्डियन गोर्खाले जनाएको छ ।

नौसेरा सेक्टरमा ड्युटीको क्रममा रहेका गुरुङलाई पाकिस्तानी सेनाले गएराती चलाएको गोली लागेको भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले पुष्टि गरेका छन् । उहाँले हवल्दार गुरुङ एक इमान्दार र बहादुर सिपाही भएको बताएका छन् ।

गुरुङको शव आवश्यक प्रक्रियाका लागि नौशेरामा राखिएको छ । पाकिस्तानी सेनाले चलाएको गोली लागेर एक महिनाअघि गोर्खा आर्मीमा कार्यरत गुल्मीका एकजनाको मृत्यु भएको थियो ।