व्यवसायीको समस्या समाधान नभएसम्म सार्वजनिक गाडी नचलाउने

0
Shares

न्युज अफ जेपाल, काठमाडौं ।

सरकारले शुक्रबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि सडकमा सार्वजनिक यातायात चलेको छैन ।

गाडीको अवस्था ठीक नभएको र यातायात मजदुर को कता छन् अहिले ठेगान नभएको भन्दै यातायात व्यवसायीले गाडी नचलाउने निर्णय गरेको हो ।

‘सरकारले भनेको भरमा अहिलेकै अवस्थामा सडकमा गाडी निकाल्न सकिने अवस्था छैन । ’ नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भन्नुभयो । यस विषयमा आज दिउँसो महासंघको बैठक बसेर निर्णय गर्ने महासचिव सिटौलाले जानकारी दिनुभयो । महासचिव सिटौलाका अनुसार सरकारले यातायात व्यवसायी र मजदुरका समस्या समाधान नगरेसम्म तत्काल गाडी नचलाउने बारे छलफल भइरहेको छ ।