न्युजर्सी, (एजेन्सी)
अनुसन्धानकर्ताहरूले भारतमा कोविड १९ को रोकथामको अभावमा सन् २०२१ को जाडोको अन्त्यसम्ममा प्रतिदिन कोरोना भाइरस संक्रमित २ लाख ८७ हजार संक्रमित हुने चेतावनी दिएको छ ।
अमेरिकी राज्य म्यासेचुसेट्सस्थित एमआईटीको स्लोन स्कुल अफ मेनेजमेन्टका शोधकर्ता हाजिर रहमानदाद, टवीई लिम र जोन स्टरम्यानद्वारा गरिएको एक अध्ययनअनुसार विश्वमा २०२१ को वसन्त मौसमसम्ममा २४ करोड ९० लाख संक्रमित र १८ लाखको मृत्यु हुन सक्छ । शोधकर्ताहरूले यो अनुमान भ्याक्सिनको खोज नभएको र उपचार उपलब्धताको अभावमा गरिएको स्पष्ट पारेका छन् ।
शोधकर्ताहरूले ८४ देशमा ५ अर्ब आवादीको विश्वसनीय जाँच आँकडाका आधारमा एक डायनामिक एपिडेमियोलोजिकल मोडल तयार गरेको हो । यस अध्ययनका शोधकर्ता लेखेका छन्– ‘हामीले विश्वस्तरमा कोविडा १९ महामारीलाई लिएर सबै देशका लागि अनुमान लगाउने मोडल बनाएका छौं । हाम्रो मोडल रोग प्रसारको गतिशीलतालाई प्रतिनिधित्व गर्छ ।’
जाँचमा तीव्रता ल्याउनुपर्ने
यो अनुमान जाँचको वर्तमान गति, सरकारी नीति र आम नागरिकको कोविड १९ प्रतिको रवैयालाई ध्यानमा राखी अगाडि सारेको उनीहरूले बताए । त्यसैले यसलाई भविष्यको ग्यारेन्टीका रूपमा नभएर सम्भावित जोखिमका रूपमा हेरिनुपर्ने छ । यदि जाँचमा तीव्रता ल्याइयो र आपसी सम्पर्क सीमित गरियो भने महामारी फैलिने आशंका पनि कमजोर हुने अनुसन्धानकर्ताहरूले बताए । यदि यसमा ध्यान नदिने हो भने भविष्यमा कोरोनाको थप विकराल रूप हेर्न बाध्य हुनुपर्नेछ ।
भारत सबैभन्दा प्रभावित हुने
यस अध्ययनअनुसार २०२१ मा जाडोको अन्त्यसम्ममा जुन देशको संक्रमण दरको अनुमान लगाइएको हो त्यसमा शीर्ष १० देशमा भारत, अमेरिका, दक्षिण अफ्रिका, इरान, इन्डोनेसिया, बेलायत, नाइजेरिया, टर्की, फ्रान्स र जर्मनी परेका छन् । अनुसन्धानले जाडोको अन्त्यसम्ममा भारत सबैभन्दा अधिक प्रभावित देश हुने देखाएको छ । त्यसपछि प्रतिदिन ९५ हजार संक्रमितसहित अमेरिका, २१ हजार प्रतिदिन संक्रमितसहित दक्षिण अफ्रिका र इरानमा प्रतिदिन १७ हजार प्रतिदिन संक्रमित हुनेछ ।
एम आईटीका शोधकर्ताहरूले संक्रमण दर पँर्वको तुलनामा १२ गुणा र मृत्यु दर पहिलेको तुलनामा ५० प्रतिशत अधिक हुने बताएका छन् ।
प्रतिक्रिया