लकडाउनको अवधिमा ८ सय ४३ जना महिला तथा बालिकामाथि हिंसा,५८ प्रतिशत हिंसा घरभित्रै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीको समयमा ओरेक नेपालले गरेको पछिल्लो ३ महिनाको अनुसन्धानमा ८ सय ४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरेको छ । अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४ सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाईएको छ ।

दाइजो नल्याएको/कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिलालाई मात्र लगाउने, गालीगलौज गर्ने, चारित्रिक आरोप लगाउने तथा अपशब्द प्रयोग गरी २ सय ८८ जना महिलामाथि शारिरिक हिंसा र १ सय २ जनामाथि मानसिक हिंसा भएको पाईएको जनाएकोछ ।

यसैगरी ७१ जना महिलालाई खानलाउन नदिई घर निकाला गरेको, १४ जनाको विवाहदर्ता नबनाईदिएको, ४ जना बच्चाको जन्मदर्ता नबनाईदिएको, ८ जनाको नागरिकता नबनाइदिएको, ३ जनालाई स्वास्थ्य सुविधाबाट बञ्चित गरिएको घटनाहरु रहेका छन् । यस्तैगरि ८३ वटा सामाजिक हिंसा, १ सय३१ वटा बलात्कार, २६ वटा बलात्कारको प्रयास, ३५ वटा यौन दुव्र्यवहार, २१ वटा हत्या, ४ वटा हत्या वा आत्महत्या पुष्टि हुन बाँकि रहेको, ३२ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, ४ वटा मानव बेचविखन र ११ वटा साइवर अपराधसँग सम्बन्धित रहेका छन् ।

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समुहका २ सय ५९ जना, २६ देखि ३५ वर्ष उमेर समुहका २ सय ३९ जना , १६ वर्षभन्दा कम उमेर समुहका १ सय ४३ जना, ३६ देखि ४५ वर्ष उमेर समुहका १ सय ६ जना, बाँकि अन्य उमेर समुहका रहेका छन् । यस्तैगरि हिंसाका आरोपित व्यक्तिमध्ये २ सय ८४ जना २६ देखि ३५ वर्ष उमेर समुहका, १ सय ९७ जना ३६ देखि ४५ वर्ष उमेर समुहका, १ सय ८० जना १७ देखि २५ वर्ष उमेर समुहका, १ सय १२ जना ४६ वर्षभन्दा माथिका, ७ जना १६ वर्षभन्दा कम उमेरका र ८९ जना उमेर समुह थाहा नभएका रहेका छन् ।

हिंसा गर्ने व्यक्तिमा ३ सय ५७ जना श्रीमान, १ सय ३३ जना परिवारका अन्य सदस्य, १ सय ७६ जना छिमेकी, ४० जना प्रेमी ठानिएका व्यक्ति, १६ जना साथी, १२ जना सेवा प्रदायक, ४ जना शिक्षक, ४ जना घरमालिक र ६५ जना पहिचान नखुलेको व्यक्ति रहेका छन् । प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुन्छ भन्ने मान्यता रहेको छ ।

तर यस तथ्याकंले घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेका देखाउँछ । बालिका र महिलालाई हेर्ने हानिकारक सोचका कारण महिलालाई नियन्त्रणमा राख्ने, कुटपीट गर्ने, गाली गलौज गर्ने कार्यलाई सामान्य र पुरुषको अधिकारका रुपमा लिईन्छ ।

घरेलु हिंसा प्रभावितले नै घर छोड्नुपर्ने, समयमा न्यायीक कार्वाही नहुने, पीडकले पटक पटक धम्की दिने, सामाजिक रुपमा लाल्छना खप्नुपर्ने, पारिवारीक र सामाजिक सहयोगको कमी हुने, बालबालिकाको पालनपोषणका लागि चुनौती खप्नुपर्ने जस्ता कारणले गर्दा अझ धेरै घटनाहरु बाहिर आउन सकेको छैन ।

यसका लागि सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानुनी कार्वाहि र आवश्यकता अनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षित रुपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

यस अवधीमा संस्थासँग आबद्ध मनोविमर्शकर्ताले फोन र व्यक्तिगत दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोभिड–१९ को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित ६सय २१ र हिंसा प्रभावित/प्रभावितको परिवारका सदस्य ७ सय ४५ गरी जम्मा १ हजार ३सय ६६ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाबाट ६१ वटा जिल्लाबाट, यी घटनाहरु अभिलेखिकरण गरिएको हुन् । यी मध्ये १ स १२ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका हुन् ।

द्धन्द्धका समयमा हिंसा भएका जिल्लाहरु र संख्या यसप्रकार रहेका छन् :

धनुषाबाट ८९, मोरङ्ग ९४, रुकुम १४, कैलाली ८३, कञ्चनपुर ५, दाङ्ग ४३, काठमाण्डौं १९, ललितपुर ४, भक्तपुर २, बर्दिया ३७, सिरहा ९१, सप्तरी ४, सर्लाही ६, उदयपुर ५३, सुनसरी ५६, बाँके ३, स्याङ्गजा ३, बाग्लुङ्ग २, महोत्तरी २४, रौतहट ११, बारा १, पर्सा ४, तेह्थुमबाट ३, धनकुटा ४, ओखलढुंगा ६२, सोलुखुम्बू ८, गुल्मी ३, रामेछाप २, सिन्धुली २, धादिङ्ग १७, रसुवा १, बभाङ्ग ४७, गोर्खा १, लम्जुङ्ग ३, हुम्ला १, कलिवस्तु ३, सल्यान २, चितवन २, कास्की २, बारा १, संखुवासभा ३, सिन्धुपाल्चोक २, पाल्पा १, काभ्रे १, रुपन्देही १, नवलपरासी २, म्याग्दी १, प्युठान १ दैलेख १, डोटी १, अर्घाखाँची १, पाँचथर १, झापा१, ताप्लेजुङ्ग १, नुवाकोट १, मकवानपुर ५, डडेल्धुरा १, इलाम १, तनहुँ २, दोलखा १, पर्वत १, रोल्पा १, लगायतका जिल्लाबाट अभिलेखिकरण भएका हुन् ।