चोभारबाट ३१ हजार वृक्षरोपण अभियान शुरु


न्युज अफ नेपाल, कीर्तिपुर।

कीर्तिपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको आन्दादी लोकेश्वर चोभारको डाँडामा वृक्षरोपण गरिएको छ ।

भगवान शरण कल्याणकारी कोष, खटल– चाकुपाट बंगलामुखी मार्ग टोल सुधार समिति, लायन्स क्लब अफ नेपाल हेल्पिंङ ह्याण्ड र लायन्स क्लब अफ काठमाडौं बौद्धले संयुक्त रुपमा वृक्षरोपण गरिएको हो । चोभार गेट माथि लोकेश्वर मन्दिर जाने खुड्किलो छेउमा वृक्षरोपण गरिएको कोषका अध्यक्ष बालकाजी महर्जनले जानकारी दिनुभयो ।

३१ हजार वृक्षरोपण गर्ने अभियानसहित सो कार्य चोभारबाट शुभारम्भ गरिएको महर्जनले बताउनुभयो । ललितपुर उद्योग वाणिज्य संघमा लामो समयदेखि आबद्ध रहनुभएका महर्जन समेतको अगुवाईमा मंगलबजारमा रक्तदान र राहत वितरण कार्यक्रम गरिएको थियो ।