बलिउड हास्य कलाकारका हस्ती जगदीपको निधन


न्युज अफ नेपाल, काठमाडौं ।
बलिउडका हास्य कलाकारका हस्तीको रुपमा हेरिने जगदीपको निधन भएको छ । उनीको ८१ वर्षको उमेरमा बुधबार निधन भएको हो । पछिल्लो पटक उनी धेरै रोगसँग लडिरहेका थिए ।

उनको वास्तविक नाम भने सैयद इस्तियाक अहमद जाफरी हो । उनलाई धेरैले जगदीप नामले चिन्छन् । चार सयभन्दा बढी चलचित्रमा काम गरेका जाफरीले ब्लकबस्टर चलचित्र ‘सोले’ मा निभाएको सुरमा भोपाली निकै चर्चित पात्र थियो ।