कोरोना हावाबाट सर्न सक्ने बारे अध्ययन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने तथ्य नकार्न उल्लेख गर्दै यो निष्कर्षमा पुग्न अझै धेरै प्रमाण आवश्यक रहेको जनाएको छ ।

संसारभरिका वैज्ञानिकहरूले श्वास प्रश्वास सम्बन्धी रोग कसरी सर्छन् भन्नेबारे डब्लु एचओको निर्देशिका अध्यावधिक गर्न भनेपछि डब्लुएचओका अधिकारीहरूले हावाका माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने सम्भावना रहेको बताएका हुन् । अहिले हावा कोभिड सर्ने माध्यमबारे छलफल चलिरहेको पनि डब्लुएचओले जनाएको छ ।

रसायनशास्त्री जिमेनेजले पहिलादेखि नै कुनै रोग हावाका माध्यमबाट सर्छ भन्ने कुरा सार्वजनिक रूपमा भन्न धेरै नै मापदण्डहरू पूरा गर्नुपर्ने व्यवस्था रहेको बताउनुभयो ।