निगमका पाईलट र एयर होस्टेजलाई कोरोना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल वायु सेवा निगम को छजना चालक दलका सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि भएको खबर छ ।स्रोतकाअनुसार राजधानीको सोल्टी होटलमा बस्दै आएका निगमका ५० जना चालक दलका सदस्यहरुमध्ये छ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्रोतकाअनुसार तीन जना पाइलट, दुईजना एयर होस्टेज र एकजना प्राविधिकलाई संक्रमण भएको बताइएको छ ।निगमले लक डाउन को समयमा विभिन्न देशमा चार्टर्ड उडान मा संलग्न चालक दलका सदस्यलाई सोल्टी होटलमा क्वारेन्टाइन मा बस्ने व्यवस्था मिलाउँदै आएको छ ।

निगम उच्च श्रोतले आफ्नो कर्मचारीलाई संक्रमण हुन भएको जनाए पनि निगमको आधिकारिक भनाई भने आइसकेको छैन। नेपाल समाचारपत्रले निगम प्रवक्ता अर्चना खड्कासँग पटकपटक यस विषयमा सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेको छैन।