हरिसिद्धिको हिलाम्यले जन्माएको आक्रोश

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

लामा समयदेखि हरिसिद्धको मुख्य सडक नबनेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

सडक नबनेका कारण वर्षायाम पुरै हिलाम्य भएर आवागमज गर्न नसक्ने भएपछि स्थानीयहरु फेरी आन्दोलनमा उत्रिनुपरेको बताए ।गुमज महिला समूहको आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहले सोमबार गुमज चोकमा बाटो अवरुद्ध गरी नाराबाजी गरेका थिए ।

स्थानीयहरुले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायतका प्ले कार्ड लिएर सडकमा नाराबाजी गरेका थिए ।ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिएको भन्दै स्थानीयले आन्दोलन गर्दैै आएका छन् । सो सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलो उडेर हैरान भएको स्थानीयहरुको भनाई रहेको छ ।

गुमज चोकबाट दुई घण्टा एम्बुलेन्स बाहेक अन्य सवारी साधानमा आवात जावतमा समेत रोक लगाइएको थियो । साबिकको हरिसिद्धि हाल ललितपुर महानगरपालिकाको २८ र २९ मा पर्दछ । हरिसिद्धि, ठैब, र बाँडेगाउँको सडक खण्ड खाल्डाखुल्डी र हिलोका कारण आवतजावत गर्न निकै सास्ती रहेको छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

सास्ती दिएको भन्दै स्थानीयले आन्दोलन गर्दैै आएका छन् । सो सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धूलो उडेर हैरान भएको स्थानीयहरुको भनाई रहेको छ ।