संघनायक भिक्षुको अन्त्येष्टी आईतबार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरको दाहसंस्कार असार २१ गते आईतबार शंखमुलमा गरिने भएको छ ।

अखिल नेपाल भिक्षुमहासंघको विश्वशान्ति विहारमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । स्वर्गीय भिक्षुका शिष्य भिक्षु निग्रोधका अनुसार आईतबार २ बजे दाहसंस्कार गरिने छ । मरणानुस्मृति (मूत्यु स्मरणको पाठ सकिएलगतै उहाँको दाहसंस्कार कार्य अघि बढाउने निर्णय गरिएको छ ।

भिक्षुको पार्थिव शरीर शनिबार दिनभर नयाँ बानेश्वर मिनभवनस्थित विश्वशान्ति विहारमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
भिक्षुको ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४ः ३५ निधन भएको थियो । उहाँ नेपालका सातौं संघनायक हुनुहुन्छ ।

स्वर्गीय भिक्षुलाई बुद्धधर्मको क्षेत्रमा निकै गम्भीर मानिएको चित सम्बन्धी विषय अभिधम्मको अध्येयता र कुशल व्याख्याताका रुपमा चिनिन्छ । बर्मा (म्यान्मार) मा धेरै पढिने बुद्धधर्म सम्बन्धी करिब ५० वटा ग्रन्थको नेपाल, नेपाली र अंगे्रजीमा अनुवाद गरिसक्नुभएका भिक्षुको कृति, व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा निकै परिचित रहेको छ ।