प्रहरीमाथि गोलीबारीः डीएसपीसहित आठ प्रहरी मारिए


एजेन्सी ।

भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ ।

ठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती गम्भीर बताइएको छ ।

कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आपराधिक समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । दुवेको टाउकाको मोल प्रहरीले २५ हजार तोकेको थियो । जिल्ला पञ्चायतका पूर्व सदस्य दुवेविरुद्ध विभिन्न ५० भन्दा बढी अभियोग रहेको कानपुर प्रहरीको भनाइ छ ।