थप ८ जनामा कोरोना संक्रमण


गुल्मी, (नेस)

गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ४ जना, छत्रकोट गाउँपालिकामा ३ र १ जना ठेगाना नखुलेको गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन् । क्वारेन्टाइनमा बसेकामा कोरोना भाइरस चेक जाँच गर्न आरडीटी पोजिटिभ आए मात्रै पीसीआर गर्ने गरिएको छ । थपिएका संक्रमितअनुसार जिल्लामा ३ सय ३२ जना पुगेका छन् । संक्रमित कुल ८७ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।