गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १०६३ पुग्याे


न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् ।