ओलीको राष्ट्रपतिसंगको आकस्मिक भेटघाट सकियो

‘पार्टीको विवादमा राष्ट्रपतिलाई तान्ने प्रयास’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपाभित्र आन्तरिक किचिलो बढेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटघाटलाई तीब्रता दिनुभएको छ ।

पार्टीको स्थायी समितिको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुले आफ्नो कार्यशैलीलाई चर्को आलोचना गर्दै राजिनामा माग गरेको बेला प्रधानमन्त्री ओलीले एकै दिन दुई पटक राष्ट्रपतिसंग भण्डारीसंग भेटघाट गर्नुभएको थियो । आज मन्त्रिपरिषद्को बैठक बस्नुअघि पनि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास जानुभयो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच करिब ४० मिनेट कुराकानी भएको थियो। कुराकानीपछि प्रधानमन्त्री ओली बालुवाटार निवास फर्किनुभयो । भेटपछि मात्र मन्त्रिपरिषद्को बैठक बस्ने सचिवालयले जनाएको छ । सरकारले सञ्चालन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसंग भेटघाट गर्नु आवश्यक ठीकै भएपनि पार्टीमा आन्तरिक कलह बढीरहेको बेला भेटघाटलाई तीब्रता दिनुलाई पार्टीको आन्तरिक विवादमा राष्ट्रपति तान्न खोजेको रुपमा पनि विश्लेषकहरुले टिप्पणी गरेका छन् ।