‘ओलीबाट देश अघि बढ्दैन’ खनाल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ ।

सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले मङ्गलबारको स्थायी कमिटीमा प्रष्ट शब्दमा ओलीको राजीनामाको माग गरेको बताउनुभयो ।
‘यो पार्टी सम्पूर्ण नेता–कार्यकर्ता समर्थक, शुभेच्छुकले निर्माण गरेको पार्टी हो ।

यसलाई आफ्नो बपौती कसैले पनि ठान्नुहुँदैन ।’ उहाँले बैठकमा भनेको कुरा सञ्चारकर्मीहरुसंग भन्नुभयो ‘पार्टी सर्वोपरी कुरा हो । पार्टीको सर्वोपरी नेतृत्वबिना कुनै पनि सरकारले काम गर्न सक्दैन ।’ओलीले क्याबिनेट बनाउँदा, नीति, बजेट तर्जुमा गर्दा एकलौटी गरेको उहाँको आरोप थियो । योजना आयोग, संवैधानिक नियुक्ति, सिफारिसमा पनि ओली नेतृत्वले पार्टीलाई बाइपास गरेको, सोध्दै नसोधेको उहाँका आरोप थियो ।