चार लाखको बिँडी बरामद, तस्करले गरे नाराबाजी


बैतडी, (नेस)

प्रहरीले बैतडीमा ४ लाख बराबरको अवैध भारतीय बिँडी बरामद गरेको छ । ३ दिनमा अवधिमा ४ लाख बराबरको बिँडी बरामद गरिएको हो ।

भन्सार छलेर ल्याएको महाकाली नदीमा ट्युबको माध्यमबाट ल्याइएको बिँडी बैतडी प्रहरीले बरामद गरेको हो । भन्सार छलेर ल्याएको बिँडी लुकाइराखेको अवस्थामा सोमबार राति गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको छ ।

भारतबाट अवैधरूपमा ल्याई एक होटेलमा लुकाइराखेको अवस्थामा करिब २ लाख ५० बराबरको ६ पेटी बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले यसअघि १३ गते राती पनि दशरथचन्द नगरपालिका वडा नं ८ नल्तडीबाट करिब डेढ लाखको बिँडी बरामद गरेको थियो ।

यसैबीच सोमबार राति प्रहरी कार्यालय बाहिर नाराबाजी भएको छ । राति १२ बजेतिरको समयमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरेको र पछि उनीहरू भागेका प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अवैधरूपमा भन्सार छलेर बिँडी ल्याउनेहरूको समूहले नै नाराबाजी गरेको हुन सक्ने प्रहरीले जनाएको छ । नाराबाजी गर्नेहरूको खोजी कार्य भइरहेको छ ।