मन्त्रीहरूले गरे मध्यरातमा यस्ता ट्वीट


न्युज अफ नेपाल, काठमाडाैँ ।

नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्वीट गरेका छन् ।

मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो १ अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो १ नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’

पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘एमालेमा कहिले पस्ने ? म त्यहीं छु, जबजभित्रै छु । फरक केवल यही छ कि पार्टी नेकपा भएको छ, भयो होला नि उत्तर फेसो खोज्दै हिँड्नेहरूलाई ।’

उनको अर्को स्टाटस छ, ‘प्रधानमन्त्रीका कमजोरी होलान्, तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृंखला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ । अरूलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’