जन्मदिनमा सुन्तलीलाई धुर्मुसको सुमधुर शुभकामना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चर्चित हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले श्रीमती कुन्जना घिमिरे (सुन्तली) लाई जन्मदिनको सुमधुर शुभकामना दिएका छन् ।

मेरी बास्सै टेलिश्रींखलाबाट हास्यकलाकारको क्षेत्रमा आफ्नो नाम लेखाउन ससफल यी जोडि हाल सामाजिक कार्यमा समेत संलग्न रहेका छन् । यस्तै, सुन्तलीका शुभचिन्तकबाट समेत बिहानैदेखि जन्मदिनको शुभकामना आइरहेको छ ।

धुर्मुसको शुभकामना

प्रिय कुन्जना !
जन्मदिनको हार्दिक शुभकामना !!
मेरो जीवनमा तिम्रो आगमनले सदैव खुसी ल्याएको छ ।
तिमी मेरो लागि माया, छहारी र आँट हौ । तिमीले मेरो जीवनमा इँटा हैन विश्वासको पर्खाल लगायौ । दु:ख छेक्ने छानो छायौ । ममताको चौतारी बनायौ र परिवारको जग बसायौ ।
तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ ।
तिम्रा जीवनका आगामी दिनहरू अझ सुखद् बनुन् । तिमीबाट प्राप्त प्रेमको यो नदी अनवरत बगिरहोस् । फेरि पनि शुभकामना !