जस्टिनमाथि यौन उत्पीडन आरोप लगाउने महिलाविरुद्ध मुद्दा

0
Shares

हलिउड गायक जस्टिन बिबरले आफूमाथि यौन आरोप लगाउने दुई युवतीसँग क्षतिपूर्तिको माग गरेका छन्। साथै उनीहरूविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। जस्टिनले आफूमाथि यौन उत्पीडनको आरोप लाउने ती महिलाहरूमाथि प्रत्येकसँग एक÷एक करोड हर्जाना मागेका छन्।

सन् २०१४ र २०१५ मा ट्विटरको माध्मबाट ती महिलाले बिबरमाथि यौन उत्पीडनको आरोप लाएका थिए। उक्त आरोपको खण्डन गर्दै विवरले ती दुवै ट्विटर एकाउन्ट एकै व्यक्तिले चलाउने बताएका छन् । उनले एक ट्विट गर्दै लेखेका छन्– ‘मैले आफ्नो करिअरमा धेरै आरोपहरू झेलेको छु। मेरो टिम र पत्नीको साथ कुराकानी गरेपछि यसबारे बोल्ने फौसला गरेको छु। अफवाह छुट्टै कुरा हो, तर यौन उत्पीडनलाई म हल्कारूपमा लिन सक्दिनँ।’

बिबरले आफ्नो पोस्टमा विभिन्न प्रमाण पेस गर्दै यो आरोपमा कुनै पनि सत्यता नभएको बताएका छन्। उनका वकिलका अनुसार आरोप लगाउने महिलाले फोर सिजन्स नामक होटलमा यौन उत्पीडन भएको बताए पनि जस्टिन भने त्यो बेला उक्त होटलमा थिएनन्।