जाजरकोटमा फर्मबाटै विरुवा वितरण

0
Shares

बासुदेव शर्मा,जाजरकोट ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला जात फलफुल जोन जाजरकोटले सुन्तला, कागति र जुनारका ५० हजार विरुवा बितरण गरेको छ । फलफुल खेतीबाट किसानलाई आत्मनिर्भर गरी आय आर्जनमा सुधार ल्याउन जाजरकोट जिल्लालाई फलफुल पकेट क्षेत्र रुपमा परिचित गर्न किसानको माग अनुसार फलफुलका विरुवा वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तलाजात फलफुल जोन जाजरकोटले जनाएको छ ।

जाजरकोटलाई फलफुल पकेट क्षेत्रका रुपमा विस्तार गर्न स्थानिय स्तरका नर्सरी फर्महरुवाट सुन्तला, कागति र जुनारका विरुवा संकलन गरि वितरण गर्न लागेको परियोजनाका निमित्त बरिष्ठ कृषि अधिकृत पिताम्वर वस्नेतले वताउनु भयो ।

भेरी नगरपालिका ६ भेरे विरेन्द्र नर्सरी तथा फलफुल उद्योगबाट १२ हजार,नलगाड नगरपालिका ६ थाप्ला खडका कृषि फर्म उद्योगबाट ९ हजार, छेडागाड नगरपालिका १२ सिरुगाड खत्री नर्सरीबाट २ हजार, कुसे ५ दम्दाला जेवी कृषि फर्मबाट ५ हजार सुन्तला,कागति र जुनारका विरुवा परियोजनाले खरिद गरि किसानलाई वितरण गरेको निमित्त बरिष्ठ कृषि अधिकृत वस्नेतले वताउनु भयो ।

भेरी नगरपालिकामा सुन्तला कागति र जुनारका ११ हजार, नलगाड नगरपालिकामा ३ हजार २ सय, कुसे गाउँपालिकामा २० हजार विरुवा बितरण गरेको केहि विरुवा वितरण गर्न बाकी भएको कृषि अधिकृत वस्नेतले वताउनु भयो ।

नलगाड नगरपालिकामा किसानको माग अनुसारका विरुवा वितरण गरेको कृषि प्राविधिक रश्मी खडका खत्रीले वताउनु भयो । भेरी नगरपालिकामा विरुवा बितरण गर्ने काम भईरहेको कृषि प्राविधिक हाँसिला सिहले वताउनु भयो । बर्षायम शुरु भएकोले जिल्लाबाट गाउँवस्तीमा विरुवा लिन समस्या परेको हुदाँ केहि दिन भित्र किसानको माग अनुसारका विरुवा बितरण गरिसक्ने कृषि प्राविधिक सिहले भन्नु भयो ।

कुसे गाउँपालिकाबाट ६० हजार फलफुलका विरुवाको माग आएकोले यस वर्ष २० हजार मात्र विरुवा बितरण गरेको छौ विरुवा नपुग भए सल्यानको एक फर्मबाट ल्याएर वितरण गर्ने परियोजनाका प्रमुख अधिकृत बस्नेतले वताउनु भयो । स्थानिय स्तरमा उत्पादन भएका विरुवा हावापानी माटोमा छिटो हुर्कने ढुवानीमा नष्ट नहुने भएकोले आगामी वर्ष जाजरकोटमै स्थापना भएका नर्सरी, फर्मबाट खरिद गरि विरुवा उपलव्ध गराउने गरि काम गरेका छौ उहाँले भन्नु भयो ।

परियोजनाको लक्ष्य भनेको नर्सरीको क्षमता बृद्धि गरि सुन्तला, कागति जुनार लगाएत अन्य फलफुलका विरुवा जिल्ला वाहिर पठाउने गरि काम गर्ने निमित्त बरिष्ठ कृषि अधिकृत पिताम्वर वस्नेतले वताउनु भयो । कलमी विरुवा स्वच्छ हुने छिटो छरितो हुर्कने थोरै परिश्रम गरि धेरै आम्दानी हुने भएको बिरुवामा रोग किराले आक्रमण गर्न नसक्ने भएकोले कलमी विरुवा वितरण गरेका छौ भन्नु भयो ।

जाजरकोटमा स्थापना गरेका नर्सरी फर्महरुलाई कलमी विरुवा उत्पादन गर्न आग्रह गरेको कृषि अधिकृत बस्नेतले वताउनु भयो । उहाँले असार २० गते सम्म विरुवा माग गरेका नगरपालिका र गाउँपालिकाका किसानलाई विरुवा बितरण गरि सक्ने कृषि अधिकृत बस्नेतले वताउनु भयो ।