सदाको निधनबारे प्रदेश २ सरकारले छानबीन गर्ने

0
Shares

न्युज अफ नेपाल,जनकपुर

प्रदेश २ सरकारले राजु सदाको मृत्यू बारे छानबिन गर्ने भएको छ ।

सदाको जनकपुर प्रादेशिक अस्पतालमा मृत्यू भएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार उहाँको मृत्युको छानबीन गर्न तीन सदस्यीय समिति बनेको छ । सो समितिमा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाका प्रमुख संयोजक छन् भने मुख्यमन्त्री कार्यालयका कानुन उपसचिव र सामाजिक विकास मन्त्रालयका कर्मचारी सदस्य छन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन दिन भनिएको छ । समितिले शुक्रबार बिहान राजुको उपचारमा संलग्न चिकित्सक, क्वारेन्टिनमा खटिएका स्वास्थकर्मी र हंसपुर नगरपालिकाका मेयरसँग घटनाबारे के भएको हो भनेर सोधपुछ गरेको छ ।मन्त्री यादवका अनुसार प्रदेश सरकारले मृतक सदाको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ ।‘मन्त्रिपरिषदबाट निर्णय गरेर रकम हस्तान्तरण गर्छौं,’ उहाँले भन्नुभयो ।