लिफ्ट खानेपानी संचालन हुदाँ रिम्नाबासी खुशी

0
Shares

बासुदेव शर्मा,जाजरकोट ।

बाह्रै महिना भेरी नदिको पानी बोकेर पिउदै आएका भेरी नगरपालिका १ रिम्नाका बासिन्दा लिफ्टमार्फत् गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन् । बर्षौ देखी भेरी नदिको पानी बोकेर खादै आएका रिम्नावासी लिप्ट खानेपानी आयोजनाले घर घरमै खानेपानी पाउदाँ १ सय ५० घरधुरीहरु लाभान्वित भएका छन् ।

भेरी नगरपालिकाको अनुदानमा बहु बर्षिय लिप्ट खानेपानी आयोजना शुरुवात भएपछि रिम्नाबासीले डोको नाम्लो र गाग्री बोकेर भेरी नदिको पानी पिउन छाडेका छन् । भेरी नगरपालिकाको १३ लाख अनुदानमा रिम्ना बजारमा बहु बर्षिय लिप्ट खानेपानी आयोजना शुरु गरेको भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले जानकारी दिनु भयो । चालु आर्थिक बर्ष देखी संचालन भएको रिम्ना लिप्ट खानेपानी आयोजनाले पहिलो वर्षमै रिम्नाबासीलाई शुद्धपानी उपलव्ध गराएको उप प्रमुख भण्डारीले वताउनु भयो ।

भेरी नगरपालिकाले पुर्ण सरसफाई युक्त नगरपालिका घोषणाको योजना अगाडी बढाई रहेकोले नगरपालिकालाई पुर्ण सरसफाई घोषणा गर्दा सरसफाईका सुचकहरु आवश्यक पर्ने भएकोले नागरिकहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउने महत्वपुर्ण सुचक मध्य एक भएकोले पानी नहुने गाउँबस्तीमा पानी प्रयाप्त गर्न नगर सरकार लागी परेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले वताउनु भयो ।

नागरिकहरुलाई शुद्ध पिउने पानी, फोहोर व्यवस्थापन, व्यक्तिगत तथा बातावरणीय सरसफाई लगाएतका सुचकहरु पुरा गरि भेरी नगरपालिकालाई पुर्ण सरसफाई युक्त नगरपालिका घोषणा गर्ने योजना रहेको नगर प्रमुख घर्तिले बताउनु भयो ।

भेरी नगरपालिकाका १३ वटै वडाका बस्तीहरुमा खानेपनी, सिचाई,मोटरवाटो विद्युत जस्ता महत्वपुर्ण विकासका योजनाहरुलाई जोड दिएको वताउदै शिक्षा, स्वास्थ्य,महिला बालवालिका जेष्ठ नागरिक अपाङ्ग नागरिकहरुको क्षमता विकासमा जोड दिएको आय आर्जनमा बृद्धी गर्नको लागी कृषि उत्पादनमा विशेष प्राथमिकता दिएको नगर प्रमुख घर्तिले वताउनु भयो ।

भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा १३ लाख अनुदानमा शुरु गरेको रिम्ना लिप्ट खानेपानी आयोजनाबाट १ सय ५० घरधुरी लाभान्वित भएको आयोजनाका अध्यक्ष जय बहादुर पुनले वताउनु भयो । लिप्ट खानेपानी आयोजनाले रिम्नावासीलाई दैनिक भेरी नदिबाट पानी बोक्नु पर्ने वाध्यता हटेको स्थानियहरुले वताएका छन् ।

लिप्ट खानेपानी उपभोग गर्न थालेपछि बजार व्यवसाय संचालन गरेका होटल व्यवसायी लगाएत स्थानिय नागरिकहरुलाई सुविधा भएको छ । पश्चिम रुकुमको सानो भेरी गाउँपालिकाको प्रशासनिक केन्द्रसग जोडिएको रिम्ना बजारलाई व्यवस्थित गर्न मद्धत पुगेको वडा अध्यक्ष दिपक रानाको भनाई रहेको छ । रिम्ना वजारलाई व्यपार व्यवसायीमा प्रवद्र्धन गर्ने उहाको भनाई रहेको छ ।