पर्वतको कुस्माका संक्रमित घाइते युवाका परिवार र साथीहरुको रिपोर्ट नेगेटिभ



दुर्गाप्रसाद शर्मा,पर्वत ।

सडक दुर्घटनामा घाइते भई उपचारका क्रममा संक्रमण पुष्टि भएका पर्वतको कुस्मा नगरपालिका ३ आम्बोटका युवाका परिवार सदस्य तथा सहयोग्ी साथीहरुमा हरुमा कोरोना परिक्षण नेगेटिभ दिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा परिवारका सदस्य र निकट सहयोगीसाथीहरु सहित ८ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार कुस्मा ३ आम्बोटमा लिइएको नमुना परिक्षणका क्रममा ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । १२ जनाको स्वाब लिइएकोमा ४ जनाको रिर्पोट आउँन बाँकी रहेको कार्यालयका तथ्याँक अधिकृत प्रािबण भण्डारीले बताउनुभयो । घाइते युवाकी श्रीमती, छोरी, ट्याक्सीमा पोखरा सम्म पु¥याउने चालक, उद्दार गर्ने प्रहरी हबल्दार सहितका ब्यक्तिको रिर्पोट नेगेटिभ आएको छ ।

घाइते युवाकी श्रीमती ९ महिनाकी गर्भवती समेत रहेका कारण उनको स्वास्थ्यको चिन्ता सबैले गरेका थिए । रिर्पोट नेगेटिभ आएपछि परिवार र समुदायले ठुलो राहत महसुस गरेको स्थानिय कृष्ण सुबेदीले बताउनुभएको छ ।

गएको जेठ २१ गते दुर्घटना भई उपचारका लागि पुगेका ३५ बर्षिय युवालाई मणिपाल शिक्षण अस्पताल पोखरामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुरुमा घाइतेका परिवार र छिमेकी तथा सहयोगीमा आरटिडी गर्दा नेगेटिभ रिर्पोट आएको थियो भने घाइते युवाको उपचारमा संलग्न मणिपाल शिक्षण अस्पतालका ७६ जना स्वास्थ्यकर्र्मीहरुमा संक्रमण पुष्टि नभएपछि असार २ गते समुदायमा कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिएको थियो ।

कुनै ट्राभल हिस्ट्री नभएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि शुरुमा अस्पतालबाटै कोरोना सरेको अनुमान गरिएको थियो । २१ जेठमा मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि पोखरा ल्याइएका युवकमा ३० जेठमा कोरोना पुष्टि भएको थियो ।

उपचार गर्न गएको अस्पताल र समुदायका अधिकाँश ब्यक्तिमा नेगेटिभ रिर्पोट आएपछि उनलाई संक्रमण कसरी भयो भन्ने कुरा अन्यौलमा परेको छ । रिर्पोट नेगेटिभ आएका परिवार र सम्पर्कका सबै होम क्वारेन्टाईनमा रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । उपचारमा रहेका घाइते युवाको स्वास्थ्य अवस्था सामान्य छ भने उनको सम्पर्कमा आएका सबैको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्