घरकै कोठामा नयाँ फिल्म रिलिज

0
Shares

नयाँदिल्ली,(एजेन्सी) ।

गत शुक्रबार साँझ दिल्ली निवासी वकिल इसिका गून आफ्नो अपार्टमेन्टको फ्ल्याटमा बस्ने साथीहरूसँग नयाँबलिवुड फिल्म हेर्न एकै स्थानमा जम्मा भइन् । अन्य सामान्य अवस्थामा उनी आफ्ना तीनै साथीहरूसँग शुक्रबार राती नजिकका थिएटरमै पुगेर फिल्म हेर्ने गर्थिन् ।

तर अहिले कोरोना भाइरसको महामारीका कारण सिनेमाघरहरू बन्द छन् । अहिले मानिसहरू आफ्नै घरमा मनपर्ने फिल्म हेरेर रमाउने गरेका छन् । अहिले चर्चित बलिवुड कलाकारले भरिएको ‘गुलाबो सिताबो’लाई थिएटरलाई बाइपास गरी रिलिज गरिएको छ । लोकप्रिय स्ट्रिमिङ कम्पनी अमेजन प्राइम भिडियोले प्रिमियर गरेको गुलाबो सिताबो हेर्न इसिका साथीहरूसँग एकै स्थानमा जम्मा भएकी थिइन् ।

बलिवुड सुपरस्टार अमिताभ बच्चन र नवोदित अभिनेता आयुष्मान खुराना अभिनित यो कमेड फिल्म हो । यसको कथावस्तु आधुनिक लखनव शहरमा आधारित छ । विभिन्न स्ट्रिमिङ कम्पनीहरूले धमाधम नयाँ फिल्म रिलिज गर्ने भएका छन् ।