प्यूठानमा हालसम्म १०१ जनामा कोरोना संक्रमण,एक जना कोरोना संक्रमणमुक्त



सलिम अन्सारी,प्यूठान ।

प्यूठानमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। आईतबार साझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा प्यूठानका थप ६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संक्रमित प्यूठान नगरपालिका वडा नंवर ५ का बासिन्दा हुन् । उनीहरु १७ देखि ३५ वर्ष उमेर समूहका छन् । उनिहरुको स्वास्थ्य अबस्था सामान्य छ। संक्रमित सबै भारतबाट आएका हुन।

हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या जिल्लामा जम्मा एक छ। माण्डवी गाउँपालिका वडा नम्वर ५ का २५ वर्षीय गणेश घर्तिमगर निको भएर घर फर्किएका हुन।

प्रतिक्रिया दिनुहोस्