पाल्पामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, कूल संकमितको संख्या सय नजिक



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ वढन थालेको छ । दिनदिनेै संक्रमित थपिएसँगै संख्या सय नजिक पुगेको छ । आइतबार मात्र जिल्लामा २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु दुवै जना ३ हप्ता अघि भारतबाट आएका गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । यो सँगै रैनादेवीमा संक्रमितको संख्या २० पुगेको छ । शनिबार मात्र रैनादेवीमा १६ र यस अघि २ जनामा संक्रमण पुष्टि भएको थियो ।

शनिवार संक्रमित दुई जनालाई तानसेन ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।यो संगै जिल्लामा सक्रमितको संख्या ९१ पुगेको छ । यस अघि बगनासकाली गाउँपालिकामा १७ जना, रम्भा गाउँपालिकामा १६ जना, माथागढी गाउँपालिकामा १५ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, तिनाउँ गाउँपालिकामा ३ जना, रम्भा गाउ पालिकामा १६ जना संक्रमित भेटिएका थिए ।

संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन् । त्यसैगरी उपचारको लागि लुम्विनी मेडिकल कलेजमा ल्याइएका गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो ।

कहाँ कति ?

बगनासकाली गाउँपालिकामा– १७ जना
रम्भा गाृउ पालिका – १६ जना
माथागढी गाउँपालिका– १५ जना,
रैनादेवी छहरा गाउँपालिका– २० जना
निस्दी गाउँपालिका – २ जना
रामपुर नगरपालिका – २ जना
पुर्वखोला गाउँपालिका– १२ जना
रिब्दीकोट गाउँपालिकाका – ४ जना
तिनाउ गाउँपालिकाका – ३ जना
तानसेन नगरपालिका – ०
जम्मा – ९१

प्रतिक्रिया दिनुहोस्