भारतमा लगेर बालिका बेच्ने दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ।

ललितपुरकी एक १३ बर्षीया बालिकालाई भारतको बेश्यालयमा लगेर बेच्ने २ जनालाई पक्राउ गरेको छ । भारतको रसलपुर भन्ने स्थानमालगेर बेचेको सूचना पाएको प्रहरीले भारतीय प्रहरीसंग समन्वय गरेर उद्धार गरेको थियो ।

प्रहरीले बेचबिखनमा संलग्न रहेका कृष्ण मगर र प्रवीण तामाङलाई पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई काठमाडौबाट भैरहवा–सुनौली जाने बसमा संगै लगी सुनौलीबाट भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानसम्म पुर्याई डान्स आर्केस्ट्रामा लगाएका थिए ।