स्वास्थ्यकर्मीमा कोरोना संक्रमण–तीन दिन उपचारमा आएका बिरामीको कन्ट्रयाक्ट ट्रेसिङ गरिने

कुस्माबजार पुरै बन्द

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत।

पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण भएको पुष्टि पछि संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका बिरामीको कन्ट्रयाक्ट ट्रेसिङ शुरु भएको छ । स्वास्थ्य कार्यालय पर्वतले असार २ देखि ४ गते सम्म पर्वत अस्पतालमा सेवा लिएका सबै बिरामीहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु गरेको हो । कन्ट्रयाक्ट ट्रेसिङ नसकिए सम्म कुस्माबजार पुर्णरुपमा बन्द गरिएको छ ।

कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुले असार २, ३ र ४ गते अस्पतालमा सेवा दिएका कारण सेवा लिएका सबैको कन्ट्रयाक्ट टे«सिङ गर्न थालिएको कार्यालयका सुचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो । कार्यालयले सुचना जारी गरेर असार ९ गते पर्वत कोरोना अस्पताल गुप्तेश्वर क्याम्पसमा सबैको स्वाब लिइने जानकारी गराएको छ ।


‘तीन दिन अस्पतालबाट सेवा लिएका सबैको स्वाब लिएर परिक्षण गर्ने कार्यक्रम बनाएका छौ, भण्डारीले भन्नुभयो । पर्वतको गुप्तेश्वर बहुमुखी क्यामपसमा सञ्चालित अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न दुई चिकित्सक, स्टाफ नर्स, ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी सहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पर्वत अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्टिन सञ्चालक, स्वास्थ्यकर्मीका परिवारका सदस्य सहित ८१ जनाको श्वाब संकलन गरि पठाइएको छ । स्वाब पठाइएका मध्ये अस्पतालका मेसु डा. शिशिर देवकोटा सहित सहित २१ जनाको रिर्पोट नेगेटिभ आइसकेको छ भने थप २ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्तिमा संक्रमण देखिएको छ । यस बाहेक ५४ जनाको रिर्पोट आउन बाँकी छ ।

कुस्माबजार पुरै बन्द, लक डाउनमा कडाई

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको छ भने अस्पताल आसपासको क्षेत्र समेत सिल गरिएको छ । पर्वतको कुस्माबजारमा शुक्रबार देखि लक डाउन कडा बनाइएको छ । आइतबार दिउँसो कुस्मामा बजारका सबै पसल र ब्यबसाय बन्द गरिएको छ । आइतबार दिउँसो खुल्ला भएका सबै पसलहरु शसस्त्र र नेपाल प्रहरीले बन्द गराएका छन ।

उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर अत्याबश्यक सेवाका पसल पनि बिहान र बेलुका मात्र खोल्न थालिएको छ । कन्ट्रयाक्ट टे«सिङ नसकिए सम्म बजारमा भीडभाड हुन नदिन बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । ‘पछिल्लो समयको परिस्थितिलाई ध्यानमा राखेर लक डाउनमा कडाई गरेका हौ।’ प्रजिअ रेग्मीले भन्नुभयो ‘मास्क नलगाई र बिना काम हिड्ने र राति हिड्नेलाई पनि नियन्त्रणमा लिन्छौ।’

पर्वत उद्योग बाणिज्य संघले बिज्ञप्ती प्रकाशन गरेर अत्याबश्यक बाहेक सबै उद्योग, ब्यबसाय बन्द गर्न आब्हान गरेको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कोरोना समुदायमा फैलन सक्ने आशंकाले सचेत हुन अत्याबश्यक बाहेक सबै ब्यबसाय बन्द गर्न आब्हान गरिएको बताउनुभयो । कन्ट्रयाक्ट टे«सिङको रिर्पोट नआए सम्म सबैले आफ्नो र परिवारको स्वास्थ्यलाई ख्यालमा राखेर लक डाउनको नियमलाई पालना गर्न आबश्यक छ भन्नुभयो ।